जसले बनाए नेपालमा ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो थप सामग्री


धेरै भएकै छैन, जम्मा दशकअघिको कुरा हो। बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामीले भारतै धाउनुपर्थ्यो। स्वदेशी अस्पतालमा यो सुविधा थिएन। तर, जब डा. विशेष पौड्याल पढाइ सकेर फर्किए, परिस्थिति केही बदलियो। क्लिनिकल हेमाटोलोजिस्ट पौड्यालले सन् २०१२ मा यहीं बोनम्यारो प्रत्यारोपण सेवा शुरू गरे। त्यसयता एक सय जनाभन्दा बढीलाई नयाँ जीवन दिइसके, सस्तो शुल्कमा।

काठमाडौंको निजामती कर्मचारी (सिभिल) अस्पतालमा कार्यरत पौड्याल नेपालमा बोनम्यारो प्रत्यारोपण गर्ने एक्ला चिकित्सक हुन्। तर, यो सेवा स्थापनाका पछाडि निकै सङ्घर्ष लुकेको छ। मानव जीवनसँग जोडिएको संवेदनशील विषयलाई सरकारले प्राथमिकता नदिंदा एउटा नागरिक कतिसम्म निरीह बन्दो रहेछ, यस दौरान नजिकबाट अनुभव गरे डा. पौड्यालले।


सन् २००७ मा चाइना मेडिकल युनिभर्सिटीबाट हेमाटोलोजीमा एमडी पूरा गरेका उनले छात्रवृत्तिमा पढेकाले दुई वर्ष सरकारी अस्पतालमा काम गर्नैपर्थ्यो। उनी वीर अस्पतालमा खटिए। त्यहाँ उनी हेमाटोलोजीका सबै सेवा दिन चाहन्थे, तर सहयोग पाएनन्। अनि भारतको भेलोरस्थित क्रिश्चियन मेडिकल कलेजमा ‘फेलोसिप’ गर्न गए।

Source: https://www.himalkhabar.com/news/128077?fbclid=IwAR1ClWFhiHI4wXbWdLqzdUnypClO2gfCwikT8SNsZNh6WKfvxWCl8GuFsuc

Share